


भैरहवा,२२ चैत। सुप्रिम सहकारी ठगी र संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले गरेको आदेश चित्त नबुझेकाले खारेजी माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआइजी छविलाल जोशीले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा दायर गरेको रिटको सुनुवाई सकिएको छ।
जिल्ला अदालत रुपन्देहीले उक्त मुद्दामा सभापति लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छाड्ने र पूर्वडीआइजी जोशीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

आदेश चित्त नबुझेको भन्दै उनीहरुले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए। जोशीले आफूलाई धरौटीमा छाड्नुपर्ने भन्दै निवेदन दिएका थिए।
शुक्रबार उक्त रिटमा न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासमा भएको बहस सकिएको उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी राम बहादुर कुवँरले जानकारी दिए ।
‘बहस सकिएको छ’, उनले क्लिक लुम्बिनीसँग भने, ‘निवेदकको निवेदन बमोजिम आदेश आउन पनि सक्छ नआउन पनि सक्छ । अहिले एकछिनमा आदेश आउँदै छ।’

