


विराटनगर,२३ चैत। मोरङमा सवारी दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ ।
गएराति को ९ प ७२९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किदाँ मोटरसाइकलमा सवार रतुवामाई नगरपालिका–१ कल्याणपुरका सोम टुडू र वामनी हेमरामको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए। नातामा दुवै जना श्रीमान-श्रीमती हुन् ।

गएराति रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडकखण्डमा भएको दुर्घटनामा गम्भिर घाइते भएका दम्पतीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

