
भैरहवा, २३ चैत। भैरहवामा एमजी एस–५ विद्युतीय (इलेक्ट्रिक) कारको विक्री सुरु भएको छ। थ्रि.एच.एल.प्रालिले भैरहवामा उक्त कार लन्च गरेको हो। सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्य र कम्पनीका प्रबन्ध निर्देशक हरिबहादुर थापाले कार्यक्रमका बीच कार लन्चिङ गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष आचार्यले हरेक वर्ष इन्धन आयातमा अर्बौं रुपैयाँ खर्च भइरहेको बेला नेपाली बजारमा भित्रिएका विद्युतीय कारणले केही मात्रामा भए पनि इन्धन आयात प्रतिस्थान गरेको जनाए । उनले वातावरणलाई स्वच्छ राख्न मद्दत पुग्ने भएकाले विद्युतीय सवारी प्रयोगमा जोड दिए । सरकारी नीतिले विद्युतीय सवारीमा बढी कर लगाइएको जनाउँदै यसमा छुट दिनुपर्ने अध्यक्ष आचार्यले जनाए ।
Advertisement

Advertisement
Advertisement

एमजी एस–५ इभी कार आकर्षक र आरामदायी भएकाले धेरैको रोजाईमा पर्ने उनको विश्वास छ । भैरहवा क्षेत्र अटो बजारको हब बनिरहेको जनाउँदै आचार्यले निजी क्षेत्रबाट भित्रिने लगानीको संरक्षण गर्न संघले सधै सकारात्मक भूमिका खेल्ने बताए ।
कम्पनीका प्रबन्ध निर्देशक थापाले सुरुमा विद्युतीय सवारी किन्दा चार्जिङ स्टेसनको अभाव भए पनि अहिले सबै सहर तथा ठूला होटलहरुमा यो सुविधा रहेको जनाए । उनले ब्याट्री टिकाउ, राम्रो, आरामदायी र ग्राउण्ड क्लिरियन्स पनि राम्रो भएकाले एमजी एस–५ इभीप्रति सबैको आकर्षण बढीरहेको दावी गरे । सबै क्षेत्रका कारका पारखीहरुमाझ एमजी एस–५ इभी लोकप्रिय बन्ने आफूहरुको अपेक्षा रहेको जनाए ।
कार लन्चिङको अवसरमा ५० हजार छुट रहेको कम्पनीले जनाएको छ । ४३ लाख ९९ हजार मूल्य रहेको कारको सबै सहरमा सर्भिस सेन्टर रहेको कम्पनीको भनाई छ ।
यो गाडी रियर ब्हिल ड्राइभको छ । गाडी सिटिएल ब्याट्रीबाट बनाएको कम्पनीको दाबी छ । पातलो र अहिलेको परिप्रेक्ष्यमा यो ब्याट्री निकै विश्वसनियता देखिएको कम्पनीको दावी छ । एमजी एस फाइभ ईभी गाडीको परफेक्ट लुक्स, इन्टेलिजेन्स, भर्टीकल नभइकन होराइजेन्टल ब्याट्री फिट भएको छ । ९९ किलोवाटको यो गाडीमा दुई वटा ब्याट्री अप्सन ४९.१ र ६२.२ किलोवाटको ब्याट्री जडान गरिएको छ ।
एमजी एस फाइभ विद्युतीय एसयूभी सेगमेन्टमै पहिलो रियर ह्वील ड्राइभ मोडलको गाडी हो । फाइभ लिङ इन्डिपेन्डेन्ट सस्पेन्स सिस्टम रहेको विद्युतीय एसयूभी रेयर ह्वील ड्राइभमा भएकाले यो प्रतिस्पर्धीको तुलनामा थप अब्बल रहेको कम्पनीको भनाई छ । एड्भान्स ड्राइभर असिस्ट सिस्टम छ ।
कम्पनीका अनुसार एसफाइभको लम्बाइ ४४ सय ७६ एमएम, चौडाइ १८ सय ४९ एमएम र उचाई १६ सय २१ एमएम छ । यो विद्युतीय एसयूभीमा २७ सय ३० एमएम लामो ह्वीलवेस छ । अहिलेसम्मकै सबैभन्दा पातलो १ सय १० एमएम उचाइ भएको ब्याट्री प्रयोग गरिएको छ । एमजीको जेडएस ईभी, एमजी फोर र कोमेट नेपाली बजारमा बिक्री हुँदै आएको छ ।
एमजी एस–५ को इन्टेरियर मिनिमल डिजाइनमा तयार भएको छ । ड्यासबोर्डमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, १०.२५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, १८० एमएम ग्राउण्ड रहेको क्रसओभर एसयूभीमा हिटेड र भेन्टिलेटेड सिट पाउन रहेको कम्पनीले जनाएको छ।
७ वटा एयर बक्स रहेको एमजी एस–५ मा प्रयोग भएको सानो ब्याट्रीले ३४० र ठूलो ब्याट्रीले ४३० किलोमिटर रेन्ज दिन्छ । यसको सबै भेरियन्टमा ९९ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर रहेको थ्रि.एच.एल. प्रालिले जनाएको छ।

