


रुकुप पश्चिम,२४ चैत। रुकुप पश्चिम प्रहरीले गहुँखेती र पाखो बारीबीच गोप्य तरिकाले गरिएको अफिम खेती फडानी गरेको छ ।
जिल्लाको आठबिसकोट नगरपालिका–१२ ठुलीबार्खुस्थित आठ स्थानमा करिब पाँच रोपनीमा अवैध रुपमा लगाइएको अफिमका बोटहरु नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए।

उनका अनुसार फूल फुलेको अवस्थामा रहेका अफिमका बोटहरु नष्ट गरिएको हो। पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा अफिम खेती बढ्न थालेपछि नियन्त्रणका लागि निगरानी र फडानी अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

