
भैरहवा, २५ चैत। उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक निर्देशक रवि लामिछानेले अदालतको आदेशप्रति सम्मान गरेको संक्षिप्त प्रतिक्रिया दिएका छन् ।
उच्च अदालतको आदेशपछि काठमाडौंमा पक्राउ गरिएका लामिछानेलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराएर पूर्पक्षका लागि जिल्ला कारागार भैरहवामा चलान गरिएको प्रहरीले जनाएको छ । आवश्यक प्रक्रिया पश्चात कारागारको थुनुवा कक्षतर्फ लैजार्दा गर्दा आदेशप्रति भन्नु केही छ क्लिक लुम्बिनीको प्रश्नमा उनले भने– ‘केही छैन, सम्मान छ ।’
Advertisement

Advertisement
Advertisement

जिल्ला कारागार कार्यालय भैरहवाका कारागार प्रशासक सुरेश भण्डारीले लामिछानेलाई ब्लक नम्बर ४ मा राखिएको बताए । ‘कारागारको चार वटा ब्लकमध्ये उनलाई चार नम्बर ब्लकमा राखेका छौं’,उनले भने, ‘अहिले उहाँ बसेको ब्लक सिंगल छ, पछि कैदीबन्दीको संख्या बढ्दै जाँदा त्यहाँ थप्नुपर्ने हुन सक्छ । अहिले कैदीबन्दीको संख्या ५९४ छ ।’
सहकारी ठगी र संगठित अपराध मुद्दामा गत माघ १३ गते जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेपछि जिल्ला सरकारी वकिल कार्यालय र लामिछाने दुवै पुनरावेदनका लागि उच्च अदालत बुटवलमा निवेदन दिएका थिए । जसउपर गत शुक्रवार उच्च अदालतले सुनुवाई गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो ।

