


काठमाडौं, २८ चैत। काठमाडौंको तीनकुने घटनाको आरोपी दुर्गा प्रसाईँ भारतमा पक्राउ परेका छन्।
स्रोतका अनुसार प्रहरीले उनलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याउन लागेको छ।

नेपाल प्रहरीका प्रवक्ता एंव डीआईजी दिनेश कुमार आचार्यले प्रसाईँ भारतमा पक्राउ नपरेको दावी गरे। प्रसाईँ पक्राउको विषयमा उनले क्लिक लुम्बिनीसँग भने- ‘त्यस्तो केही छैन।होईन ।’
गत चैत १५ गते काठमाडौँको तीनकुनेमा प्रसाईको नेतृत्वमा भएको राजावादीको प्रदर्शनले हिंसात्मक रुप लिदाँ दुई जनाको मृत्यु भएको थियो। साथै, विभिन्न स्थानमा तोडफोड, आगजनी र लुटपाट गरिएको थियो।
घटना पश्चात उनी फरार भएका थिए। त्यसयता उनले सामाजिक संजालमा भीडियो मार्फत आफु असुरक्षित रहेकोले जोगिएर बसेको र आफु नभागेको बताउँदै आएका थिए।

