


काठमाडौं,२९चैत। काठमाडौंको तीनकुने गत चैत १५ गते भएको हिसांत्मक प्रदर्शनका आरोपी दुर्गा प्रसाईँलाई जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि १२ दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ ।
अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

हिंसात्मक घटनापछि भारत फरार भएका प्रसाईँलाई शुक्रवार प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थित गराएको थियो । प्रसाईँसँगै पक्राउ परेका उनका बडिगार्डलाई पनि अदालतले १२ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धानका लागि अनुमति दिएको छ।

