
काठमाडौं, ७ बैशाख। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ग्लोबल आइएमई बैंकको खुद नाफा ४ अर्ब ५३ करोड ४० लाख ९९ हजार रुपैयाँ बढेको छ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ३७.१२ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा बैंकले ३ अर्ब ३० करोड ६५ लाख ५२ हजार रुपैयाँ नाफा गरेको थियो।
Advertisement

Advertisement
Advertisement

उक्त अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज घटेर ३ अर्ब ११ करोड रुपैयाँ रहेको छ। गत आवको सोही अवधिमा ५ अर्ब २६ करोड ४६ लाख रुपैयाँ रहेको थियो ।
बैंकको खुद ब्याज आम्दानी भने ५.४६ प्रतिशत घटेर १२ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ रहेको छ। बैंकको सञ्चालन नाफा ३४.४१ प्रतिशत बढेर ६ अर्ब ३३ करोड ६६ लाखा रुपैयाँ रहेको छ। वितरणयोग्य आम्दानी ३ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ रहेको छ ।
३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २८ अर्ब २० लाख रुपैयाँ छ। ५ खर्ब १७ अर्ब ६६ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ४ खर्ब १३ अर्ब २८ करोड ६४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
बैंकको प्रति सेयर आम्दानी ३ रुपैयाँ ६६ पैसा बढेर १५ रुपैयाँ ८६ पैसा पुगेको छ। प्रति सेयर नेटवर्थ १७३ रुपैयाँ ४७ पैसा छ ।

