


काठमाडौं,७ बैशाख। सिंहदरबारभित्रै राप्रपाका नेताहरुले प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ।
तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने लगायतका माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेपछि प्रहरीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानबहादुर शाही लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसरमा राखिएको प्रवक्ता अपिलराज बोहराले बताए।
राप्रपाले आज बिजुलीबजार क्षेत्रमा प्रदर्शनको कार्यक्रम राखेको थियो। राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरु भने सिंहदरबारस्थित पार्टी दलको कार्यालयमा थिए।
प्रहरीले उनीहरुलाई त्यहीँ रोक्ने प्रयास गरेको थियो। त्यसपछि उनीहरूले तीनकुने घटनाको छानबिन र सोही घटनापछि पक्राउ परेका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालाई रिहा गर्न लेखिएका पम्प्लेट बोकेर दक्षिण गेटबाट बाहिर निस्किन खोजेका थिए।

