


काठमाडौं, ९बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको उजुरी फछर्यौट तथा समन्वय शाखामा कार्यरत अधिकृत कपिल गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारबाट आएको उजुरी पत्रबारेको प्रमाण मेटाइदिने भन्दै सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गिरीलाई अख्तियारले पक्राउ गरेको थियो।

अनुसन्धानका क्रममा गिरीले अख्तियारमा परेको उजुरीको जवाफको पत्र आएको र उजुरीसँग सम्बन्धित प्रमाण मेटाइ उजुरी फरकफरक गर्न आवश्यक कार्य गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको पुष्टि हुन आएको अख्तियारको दावी छ।
उनीविरुद्ध २५ हजार बिगो र भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार जरिवाना सजायको माग गरिएको अख्तियारले जनाएको छ।

