
भैरहवा,१०बैशाख। नेपालको स्थानीय बजारमा बुधवार सुनको मूल्य प्रतितोला ७ हजार ५ सय रुपैयाँले घटेको छ ।
मंगलबार प्रतितोला ६ हजार ९ सय रुपैयाँले बढेको सुन आज ७ हजार ५ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य प्रतितोलाको १ लाख ९० हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको छ।
Advertisement

Advertisement
Advertisement

यस्तै मंगलबार १० रुपैयाँ वृद्धि भएको चाँदी आज ५ रुपैयाँले घटेको छ । बुधवार चाँदी प्रतितोला १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
कमेन्ट गर्नुस्

