
काठमाडौं,११ बैशाख। ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न ‘रुफटप सोलार कर्जा’ योजना सार्वजनिक गरेको छ।
नविकरणीय ऊर्जाको पहुँच विस्तार गर्ने, जलविद्युत ऊर्जा आपूर्तिमा निर्भरता घटाउँदै ऊर्जा सुरक्षा सुनिश्चित गर्ने र ऊर्जा खपत कम गर्दै वातावरणीय प्रभाव न्यूनीकरण गर्ने उद्देश्य रहेको बैंकले जनाएको छ।
Advertisement

Advertisement
Advertisement

बैंकका अनुसार उक्त कर्जाबाट उत्पादनमूलक उद्योग तथा व्यवसाय, होटल, अस्पताल, कोल्ड स्टोर, हाउजिङ कम्पनी, व्यापारिक भवन, शैक्षिक संस्थाहरुले प्रत्यक्ष लाभ लिन सक्नेछन्।
बैंकले वातावरणीय प्रभाव न्यूनीकरण गर्दै दिगोपन तर्फ अग्रसर हुन रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको हो।

