


काठमाडौं,१५बैशाख। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी वर्षको बजेटले आर्थिक क्षेत्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेका छन्।
सोमबार नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले मुलुकलाई आर्थिक रुपमा सक्षम बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका हुन्।

उनले मुलुकको आर्थिक विकासमा सरकारका साथै निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले आगामी बजेटमा निजी क्षेत्रले उठाएका मागहरु सम्बोधन हुने बताए।
पछिल्लो समय डिजिटल अर्थतन्त्रले विश्वबजारमा ठूलो हिस्सा ओगटेकाले सरकार र निजी क्षेत्रले विशेष ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ।

