


पोखरा,१९ बैशाख। सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीले आफ्नो तिन दिने अध्ययन अवलोकन भ्रमण तथा वार्षिक योजना कार्यशाला तर्जुमा गर्नका लागि बाग्लुङ पुगेको छ ।
शुक्रवार देखि शुरुभएको अध्ययन अवलोकन भ्रमणमा गण्डकी प्रदेशका विभिन्न उद्योग वाणिज्य संघका पदाधिकारी तथा व्यवसायी संघ भेटघाट, छलफल र अन्तरक्रिया गर्दै वाग्लुङ पुगेको संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले जानकारी दिए।

संघले शुक्रवार वालिङ उद्योग वाणिज्य संघ, स्याङ्जा, भीरकोट उद्योग वाणिज्य संघ, स्याङ्जा, स्याङ्जा उद्योग वाणिज्य संघ, स्याङ्जा, पोखरा उद्योग वाणिज्य संघ, पोखरा संग भेटघाट तथा अन्तरक्रिया गरेको छ। पर्वत म्याग्दी र वाग्लुङका उद्योग वाणिज्य संघ संग शनिवार भेटघाट गर्ने कार्यक्रम रहेको सिद्धार्थ उद्योग वाणिज्य संघको सचिवालयले जनाएको छ ।
अध्ययन अवलोकन भ्रमणले विभिन्न उद्योग वाणिज्य संघहरुको अवस्था, काम र कार्यक्रमहको विषयमा जानकारी आदानप्रदान कार्य हुने गरेको संघका अध्यक्ष आचार्यले बताए।
भेटघाट तथा छलफल कार्यक्रममा देशको आर्थिक अवस्था सहजिकरणका लागि साझा पहल गर्ने, विचार तथा सिप आदान प्रदान गर्ने भ्रमणको उद्देश्य रहेको सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले जानकारी दिए।

उनले देशको आर्थिक मेरुदण्डको रुपमा रहेका रुपन्देहीलाई संस्थागत गर्न, जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुसंग अन्तरक्रिया तथा अनुभव आदान प्रदान गर्न सुरु गरिएको बताए।
अध्ययन अवलोकन भ्रमण टोलीमा सिद्धार्थ उद्योग वाणिज्य संघको कार्यसमिति र पूर्व अध्यक्षहरु तथा सल्लाहकारहरु गरि कुल ४४ जनाको सहभागिता रहेको संघका महासचिव कृष्ण प्रसाद घिमिरेले जनाए।

