

भैरहवा,२२ बैशाख। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले यत्रतत्र छरिएर संचालित अटोग्यारेजलाई सिद्धार्थ अटो भिलेजमा स्थानान्तरण हुनका लागि ३५ दिने अल्टिमेटम दिएको छ।
बजारमा यतत्रत अटो ग्यारेज संचालन हुँदा नगर कुरुप देखिएकोले वर्षौ अघि पालिकाले अटो ग्यारेजलाई व्यवस्थित तथा एकीकृत गर्दै एकैस्थानबाट सेवा उपलब्ध गराउनका लागि निर्णय गरेको थियो। ०७० सालमा उक्त अटोभिलेज स्थापना गरिएको थियो।



पालिकाले पटक-पटक अटो भिलेजमा स्थानान्तरण हुनका लागि ग्यारेज व्यवसायीहरुलाई आग्रह गर्दै आएपनि उनीहरु अटेर गर्दै आएका छन् ।
जसपश्चात नगरपालिकाले अटोभिलेजमा बाहेक अन्यत्र ग्यारेज संचालनमा रोक लगाइएको विषय व्यवसायीलाई स्मरण गराउँदै अन्यत्र संचालित ग्यारेज ३५ दिनभित्र अटोभिलेजमा स्थानान्तरण हुनका लागि अल्टिमेटम दिएको छ ।
हेर्नुहोस् सूचना :
