
दाङ, २२ वैशाख। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर बिष्टको नेतृत्वमा रहेको एक प्रतिनिधि मण्डलबीच सोमबार राप्ती उपत्यका (देउखुरी) मा छलफल भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री आचार्यले संघीयतालाई बलियो बनाउन अन्तरप्रदेशीय समन्वयलाई थप सुदृढ गर्नुपर्ने र सिकाइको आदानप्रदानलाई निरन्तरता दिनुपर्ने बताए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

‘प्रदेश स्थापना भएको ८ वर्षको अवधिमा संघीयतालाई बलियो बनाउने गरी प्रदेश तहबाट उल्लेखनीय कार्यहरु भएका छन्। पूर्वाधार विकास, सामाजिक सुधार तथा मानव पूँजी निर्माणका क्षेत्रमा भएका प्रयासहरु उपलब्धीपूर्ण छन्,’मुख्यमन्त्री आचार्यले भने,‘अन्तरप्रदेश समन्वय र सहकार्यले संघीयतालाई थप मजबुत बनाउनेछ।’
उनका अनुसार प्रदेश तहबीच कानुन निर्माणदेखि असल अभ्यासहरुको आदानप्रदानलाई सिकाइको माध्यमका रुपमा लिन सकिनेछ ।
कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले लुम्बिनी प्रदेशले कानुन निर्माण, त्यसको प्रभावकारी कार्यान्वयन तथा आफ्नै प्रशासनिक केन्द्र निर्माणमा प्राप्त गरेका सफलताहरु कोशी प्रदेशका लागि सिकाइ हुने उल्लेख गरे।
कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले प्रदेश तहमा हुने यस्ता सिकाइ आदानप्रदानले भावनात्मक रुपमा पनि प्रदेशहरुलाई नजिक ल्याउने भएकाले यस्ता अभ्यासलाई निरन्तरता दिनुपर्ने बताइन् ।

