
धरान,२३बैशाख। धरानमा विषादी हालेर विक्रीका लागि बजारमा ल्याइएको २ हजार ४ सय १२ केजी काउली नष्ट गरिएको छ ।
कृषि बजारमा विषादी हालेर मकवानपुर जिल्लाको पालुङबाट धरानका व्यापारीले बिक्री वितरणका लागि कृषि बजारमा ल्याएका थिए।
Advertisement

Advertisement
Advertisement

उक्त काउली खान योग्य छ/छैन विषयमा केन्द्रीय कृषि प्रयोगशाला धरान शाखाले परीक्षण गर्दा विषादी भेटिएपछि काउली नष्ट गरिएको कृषि उपज बजारका प्रबन्धक लक्ष्मण भट्टराईले बताए ।
विषादी विश्लेषन प्रयोगशाला सञ्चालक समितिका संयोजक धरानका उपमेयर अइन्द्र बिक्रम बेघाले जनताको स्वास्थ्यमा गम्भीर असर पर्ने गरि विषादी हालेर तरकारी उत्पादन गर्ने किसान र बिक्रेतालाई समेत कारवाही गर्ने बताए।

