
कपिलवस्तु,२५ बैशाख। नेपालकै अग्रणी चाउचाउ उत्पादक कम्पनी एसियन थाई फुड्स प्रालिले लुम्बिनी प्रदेशको कपिलवस्तुबाट पनि आफ्नो उत्पादन सुरु गरेको छ ।
‘प्रीति’, ‘टुपीएम’, ‘रमपम’ लगायतका चाउचाउ ब्राण्डहरु उत्पादन गरी विदेशमा समेत निर्यात गरेर नाम कमाएको एशियन थाई फुड्सले कपिलवस्तु नगरपालिका–६ गोबरी रामनगरमा उत्पादन सुरु गरेसँगै उद्योगको यो दोस्रो यूनिट बनेको छ। फुड्सले दुई दशक देखि मोरङको विराटनगरमा आफ्नो विभिन्न ब्राण्ड उत्पादन गर्दै आएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाई फुड्स प्रालिका प्रबन्ध निर्देशक महेश जाजुले उद्योगको उद्घाटन पश्चात उत्पादन सुरु भएको हो।
कपिलवस्तुको उद्योगबाट पनि ‘प्रीति’, ‘टुपीएम’, ‘रमपम’ लगायतका चाउचाउहरुसँगै थप नयाँ ब्राण्डहरु समेत उत्पादन गरिने उद्योगले जनाएको छ। करिब अढाई बिघा क्षेत्रफलमा संचालनमा आएको उद्योगमा सुरुमा चाउचाउ उत्पादन गरिने छ भने क्रमशः अन्य स्नयाक्सहरू पनि उत्पादन गर्दै लगिने बताइएको छ।
फुड्सका प्रबन्ध निर्देशक जाजुले उद्योगमा उत्पादन भएका चाउचाउ ३० भन्दा बढी देशमा निर्यात समेत हुने गरेको बताउँदै कपिलवस्तुमा उद्योगको स्थापनासँगै मध्य तथा पश्चिम नेपालमा एसियन थाई फुड्सका उत्पादनहरु वितरणका लागि थप सहज विश्वास व्यक्त गरे।

उनले उद्योगमा अन्य स्नयाक्स र मसलाहरु उत्पादन गर्ने मेसिनहरु समेत जडान भइसकेकोले उद्योगले ६ महिनापछि स्नयाक्स र मसलाहरु पनि उत्पादन गर्ने बताए। ‘अहिले हामीले यहाँबाट चाउचाउ उत्पादन गरेर देशभर नै पुर्याउने लक्ष्य छ’,उनले भने, ‘पछि हामी यहाँबाट स्नयाक्स र मसलाहरु पनि उत्पादन गर्नेछौं।’ उनका अनुसार उद्योगमा २ सय ५० जनालाई रोजगारी प्रदान गरिएको छ।
उद्योगमा अहिले ४० करोड लगानी गरिसकिएको र चालु पूँजीमा थप २० करोड रकम आवश्यक पर्ने पनि उद्योगले जनाएको छ ।

