
काठमाडौं,२६ बैशाख। प्रहरीले नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–२ का ४२ वर्षीय रामकृष्ण अधिकारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हेटौँडा–१५, रातोमाटेबाट पक्राउ परेका अधिकारीको साथबाट नेपाली ५०० दरका १८६ थान नक्कली नोट बरामद भएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

महोत्तरीबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बा३३प ९९८३ नम्बरको मोटरसाइकलमा सवार उनलाई चेकजाँच गर्ने क्रममा नक्कली नोट बरामद भएको हो ।
जिल्ला अदालत हेटौँडाबाट ७ दिनको म्याद लिएर घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकावनपुरले जनाएको छ ।

