

काठमाडौं,२६ बैशाख। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापा र अमेरिकाका राजदूत डिन आर.थोम्पसनबीच भेटवार्ता भएको छ ।उनीहरुबीच प्रहरी प्रधान कार्यालय नक्सालमा शिष्टाचार भेटवार्ता भएको हो ।
भेटको क्रममा दुवै पक्षबीच आपसी सहयोग, द्विपक्षीय सम्बन्ध विस्तार तथा अपराध नियन्त्रणमा सहकार्यका विषयमा विचारविमर्श भएको बताइएको छ ।



नेपाल प्रहरी र अमेरिकी दूतावासबीच लामो समयदेखि विभिन्न तालिम, प्रविधि तथा क्षमता अभिवृद्धिसम्बन्धी सहकार्य हुँदै आएको छ।
कमेन्ट गर्नुस्