


भैरहवा,२७ वैशाख। लोकतान्त्रिक निर्माण व्यवसायी संघ रुपन्देहीको प्रथम भेला तथा अधिवेशन सम्पन्न भएको छ। भेलाले ज्ञान बहादुर पुनको अध्यक्षतामा लोकतान्त्रिक निर्माण व्यवसायी संघ रुपन्देही गठन गरेको छ।
संघको उपाध्यक्षमा प्रितम रौनियार, वसन्त केसी, महासचिवमा किसन आचार्य, उपमहासचिवमा मोहन पाण्डे, सुरेन्द्र यादव, कोषाध्यक्ष चित्र बहादुर श्रेष्ठ र सह–कोषाध्यक्षमा अजय राना रहेका छन्।

त्यस्तै सदस्यहरुमा ज्ञानेन्द्र पन्थ, विष्णु कहार, प्रशान्त शर्मा, किसन शाही, अशोक बस्याल, मुख्तार गद्दी, हेमन्त केसी, भुपेन्द्र पाण्डे र सुबोध पाण्डे रहेका छन् ।
निर्माण व्यवसायी लुम्बिनी प्रदेश संयोजक विश्व कुमार चन्दको अध्यक्षता, नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा महाधिवेशन प्रतिनिधि विनय ज्ञवाली, एक बहादुर सुनार, महासंघका केन्द्रिय सदस्य रुद्र शर्मा, लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीका पूर्वअध्यक्ष दामोदर शर्मा लगायतको उपस्थिति थियो। लोकतान्त्रिक निर्माण व्यवसायी संघ नेपाली कांग्रेसको भातृ संस्थाको रुपमा रहेको छ ।

