
लुम्बिनी, २९ वैशाख। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलाउनुपर्ने बताएका छन् । २५६९ औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले आजको दिनले शान्तिको सन्देश विश्वसामु फैलाउन र गौतम बुद्धले दिएका सन्देशलाई प्रचार–प्रसार गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।
‘जनताले मान्दै आएको गौतमबुद्धको दर्शनलाई मार्गदर्शक सिद्धान्तको रुपमा लिएर अगाडि बढिरहेको यस सन्दर्भमा बुद्धको सन्देश र दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गइरहेको छन’, उनले भने–‘बुद्धको सन्देशलाई हामी सबैले अनुशरण गर्न जरुरी छ। यो पवित्र भूमिमा शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्ती मनाउन हामी सबै यहाँ उपस्थित भएका छौं। लुम्बिनी ज्ञान भूमि हो। पवित्र तपोभूमि हो। यहाँ स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ ।’
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

मुख्यमन्त्री आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए पनि नियमित उडान नहुँदा चिन्ता बढेको बताए। उनले विमानस्थल सञ्चालन तथा नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रदेश सरकारले पहल गरिरहेको विषयमा समेत चर्चा गरे।
‘लुम्बिनीको बारेमा सम्माननीय प्रधानमन्त्रीले नजिकबाट नियाल्नुभएको छ। उहाँको नेतृत्वमा यो विमानस्थल सञ्चालनमा आउनेछ’, उनले भने–‘यो विमानस्थल सञ्चालनमा आयो भने लुम्बिनीको मुहार फेरिनेछ। अन्तर्राष्ट्रिय पर्यटकहरुको आगमन बढ्नेछ। विनम्रताका साथ सम्माननीय प्रधानमन्त्री र नागरिक उड्डयन मन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु। यहाँहरुको पहलकदमीमा यो विमानस्थल सञ्चालनमा आउने छ।’

