
बुटवल,२९बैशाख। नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देही र कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयबीच अन्तक्रिया कार्यक्रम भएको छ। घरेलु तथा साना उद्योगहरुको विकास र बिस्तार अध्ययनका लागि मन्त्रालयको उपसचिव पदम ठकुराठीको नेतृत्वमा ३० सदस्यीय टोली अवलोकन भ्रमणका लागि रुपन्देही आएको हो।
जसक्रममा तिलोत्तमा नगरपालिका स्थित होटल मदानीमा आयोजित अन्तरक्रिया कार्यक्रमले महासंघ र मन्त्रालय, प्रदेशका उद्योगी व्यवसायीहरुबीच पारस्परिक सम्बन्धको सुरुवात भएको नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका अध्यक्ष टंकनाथ अधिकारीले बताए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देही का वरिष्ठ उपाध्यक्ष देवानन्द पाण्डेले मन्त्रालयको टोलीलाई रुपन्देहीमा स्वागत गर्न पाएकोमा खुशी व्यक्त गरे।
अध्यक्ष अधिकारीले यहाँबाट सञ्चालन गरिएका विभिन्न गतिविधि तथा संस्थागत अवस्थाबारे टोलीलाई जानकारी गराएका थिए भने भ्रमण टोलीको तर्फबाट उपसचिव ठकुराठिले भ्रमणको उद्देश्य बारे जानकारी गराएका थिए। उपसचिव ठकुराठी घरेलु तथा साना उद्योगहरुको विकासका लागि संस्थागत रुपमा अभियानलाई अगाडी बढाउनुपर्नेमा जोड दिए।
मन्त्रालयका उपसचिव राजन पाण्डे, शाखा अधिकृत शंकर कार्की, घरेलु तथा साना उद्योग कार्यालय सुनसरी शाखाका अधिकृत चन्द्रबहादुर कार्की, मोरङ शाखा अधिकृत चुडामणी न्यौपाने लगायतले बोल्दै घरेलु तथा साना उद्योगहरुको संस्थागत विकासमा सबै लाग्नुपर्नेमा जोड दिएका थिए।
महासंघ रुपन्देहीका सचिव महादेव प्रसाद अधिकारीको संचालनमा सम्पन्न भएको कार्यक्रममा महासंघका केन्द्रीय सदस्य कन्हैयालाल कशौधन, रुपन्देहीका निवर्तमान अध्यक्ष ध्रुवकुमार धिताल, उपाध्यक्ष प्रेमबहादुर खड्का, महिला समिति अध्यक्ष सुलोचना नेपाल, महिला समिति महासचिव सिता भुसाल, महिला समिति कोषाध्यक्ष अरुणा राना लगायतको उपस्थिति रहेको थियो।

