
भैरहवा, १ जेठ । नेपालमा हुन्डाई सवारी साधनको वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले रुपन्देहीमा अन्तरक्रिया कार्यक्रम गर्दै हुन्डाईको नयाँ ब्राण्ड क्रेटा इभी (विद्युतीय गाडी) सार्वजनिक गरेको छ ।
हुन्डाई नेपालले ग्राहक वर्गलाई प्रदान गरिरहेको उच्च गुणस्तरको सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापक नेटवर्कले गर्दा उपभोक्ताहरुको मन जित्न सफल भई आज नेपालको अग्रणी अटो ब्रान्डहरु मध्ये एक बनेको छ ।
Advertisement
Advertisement
Advertisement

रुपन्देहीमा हुन्डाई गाडीको आधिकारिक विक्रेता जगत मोटर्स प्रालि भैरहवा र सिद्धि विनायक मोटो कर्प प्रालि बुटवलद्वारा मणिग्राममा आयोजित हुन्डाई मिट एण्ड ग्रिट कार्यक्रममा ३० भन्दा बढी क्रेटा ईभी युनिट बुकिङ भएको र १० वटा क्रेटा इभी ग्राहकलाई हस्तान्तरण गरिएको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले जनाएको छ ।

‘धेरैलाई विद्युतीय गाडी खरिद गर्दा स्पेयर पार्टसको उपलब्धता, सेवा शुल्क र दीर्घकालिन ब्राण्ड सपोर्टको विषयमा शंका हुने गर्दछ’,जगत मोटर्स प्रालि भैरहवाका संचालक रिश्चल थापाले भने,‘तर, हुन्डाई क्रेटाको पेट्रोल (आइसिई) गाडीमा लाग्ने अधिकतम स्पेयर पार्टस क्रेटा इभीमा नै लाग्ने हुँदा स्पेयर पार्टसको उपलब्धता, सेवा शुल्क र दीर्घकालिन ब्राण्ड सपोर्टको विषयमा कुनै समस्या छैन ।’
पछिल्लो समय हुन्डाईको क्रेटा पेट्रोल गाडी पश्चिम नवलवरासी जिल्लामा एसेम्बल हुँदै आएको छ । जसकारण पनि क्रेटा इभी सवारीधनीहरुलाई गाडीको स्पेयर पार्टस सस्तो र सहजता रुपमा उपलब्ध हुने संचालनक थापाले बताए ।

लक्ष्मी हुन्डाईले रिल्याक्स चार्जिङ्ग नेटवर्क विस्तार गर्दै हालसम्म देशभर ६६ डिसी र एसि चार्जिङ्ग स्टेशन सञ्चालनमा ल्याइएको बताएको छ । यसले इभि सवारी साधान अपनाउन चाहने ग्राहकहरुलाई थप सहजता प्रदान गर्ने कम्पनीको विश्वास छ ।
कम्पनीका प्रतिनिधिहरूले कार्यक्रमका सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै हुन्डाई गाडी सम्बन्धी विस्तृत जानकारी र आवश्यक सहयोग प्रदान गरेका छन्।


