
भैरहवा,१ जेठ। पछिल्लो समय तस्करी नियन्त्रणमा सक्रिय देखिएको रुपन्देही प्रहरीले बिहीवार भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएका कपडा लगायतका सामग्रीहरु नियन्त्रणमा लिएको छ।
जिल्लाको विभिन्न स्थानमा चेकजाँचको क्रममा भारतबाट अवैध रुपमा भित्राइएको ७ लाख ४० हजार बढी मूल्य बराबरको कपडा, मटर, मिठाई, चिनी लगायतका सामग्रीहरु बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले जनाए। साथै, उक्त सामग्री ढुवानीमा प्रयोग गरिएका चार वटा मोटरसाइकल र एउटा स्कुटर समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
Advertisement

Advertisement
Advertisement

प्रहरीका अनुसार सुट १३० थान, साडी ६७ थान, मटर ५ बोरा, चिनी १९० किलो, विभिन्न प्रकार मिठाई र खाद्यन्न सामग्रीहरु बरामद भएको छ।
बरामद सामग्रीहरु आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। उक्त सामग्रीहरु जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी इकाइहरुले बरामद गरेका हुन् ।

