


काठमाडौं,५जेठ। आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को खेलमा संयुक्त अरब इमिरेट्स (युएई) हराउँदै नेपाल पहिलो पटक विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा पुगेको छ।
थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको छ।

युएईले दिएको ११५ रनको विजय लक्ष्य पच्छाएको नेपालले १९.३ ओभरमा ५ विकेट गुमाउँदै जित निकालेको हो।
कमेन्ट गर्नुस्

