
झापा,७ जेठ। झापामा प्रहरीले अनलाइन जुवा खेलाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा कनकाई नगरपालिका–८ स्थित लक्ष्मीपुरको ४१ वर्षीया इन्दिरा प्रसाईँ र सोही स्थानका २१ वर्षीया सिम्रन प्रसाईँ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। नातामा दुवै जना आमा र छोरी हुन्।
इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार पक्राउ परेका आमा-छोरीले कर्मचारी राखेर अनलाइन जुवा सञ्चालन गर्दै आइरहेका थिए। उनीहरुको साथबाट ५ थान मोबाइल, २ थान ट्याब र एउटा ल्यापटप बरामद भएको प्रहरीले जनाएको छ।
Advertisement

Advertisement
Advertisement

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

