
भैरहवा,९जेठ। रुपन्देहीको भैरहवामा शुक्रबारदेखि लुम्बिनी प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगिता सुरु भएको छ। लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा प्रतियोगिता सुरु भएको हो।
राष्ट्रिय यु–१६ क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो। आयोजकका अनुसार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशाला र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालामा प्रतियोगिता हुनेछन्।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

प्रदेश क्रिकेट संघका सदस्य एवं खेल संयोजक प्रथम पराजुलीले जेठ ९ देखि १६ गतेसम्म प्रतियोगिता संचालन हुने जनाए। भैरहवाका व्यवसायी किसन विकले आफ्नी स्वर्गीय श्रीमती ‘लीला सेन्चुरीको नाममा प्रतियोगितालाई मुख्य प्रायोजन गरेका छन्। जसकारण प्रतियोगिताको नाम लीला सेन्चुरी मेमोरियल लुम्बिनी प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगिता’ राखिएको छ ।
नेपाल क्रिकेट संघको कार्यक्रम अनुसार आयोजना गरिएको प्रतियोगितामा लुम्बिनी प्रदेशका रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके र बर्दिया गरी सात जिल्लाका टिम सहभागी छन्। प्रतियोगिताले प्रदेशस्तरीय बलियो टिम छनोटमा सहयोग पुग्ने जनाइएको छ।
प्रदेश क्रिकेट संघका कार्यबाहक अध्यक्ष विनय राजभण्डारीले राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशस्तरबाट उत्कृष्ट खेलाडी छनोट गरी एउटा टिम बनाइने बताए। उनले तल्लो तहका यस्ता प्रतियोगिताले आगामी दिनमा राष्ट्रिय टिममा राम्रो खेलाडीहरु सहभागी गराउनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले संघका अनुसार छनोट खेल भएकाले प्रतियोगिताका विजेता टिमलाई ट्रफी र मेडल मात्रै पुरस्कार राखिएको छ। तर, प्रत्यके खेलमा म्यान अफ द म्याचलाई भने एक हजार रुपैयाँ प्रदान गरिने उनले बताए। ३५ ओभरमा खेलाइने उक्त प्रतियोगिता सम्पन्न गर्न ७ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएका छन् ।

