
विराटनगर,१० जेठ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबीनका लागि मार्गप्रशस्त गर्न सुझाव दिएका छन्।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने धारणा व्यक्त गरे।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनले विगतमा पनि केही मन्त्रीहरुले राजीनामा दिएर छानबीनमा सघाएको र मन्त्री लेखकले राजीनामा दिदा उहाँकै नैतिकता सघाउ पुग्ने बताए।
कमेन्ट गर्नुस्

