
भैरहवा,१०जेठ। बौद्ध अन्तर्राष्ट्रिय ट्राभल्स मार्ट (बिआईटिएम) को तेस्रो संस्करणका लागि विदेशी पर्यटन व्यवसायीहरु लुम्बिनी आएका छन्। शान्तिका आग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनी र आसपास क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ बिआईटिएम कार्यक्रम आयोजना गरिएको छ ।
जसमा सहभागिता जनाउनका लागि भारत, चिन, श्रीलंका, थाईल्याण्ड, मलेसिया, इन्डोनेशिया, भुटान, म्यानमार, सिंगापुर, नेदरल्यान्ड, लगायत देशबाट व्यवसायीहरु आएको नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) का वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक जिस्वा श्रेष्ठले बताईन्।
Advertisement

Advertisement
Advertisement

उनका अनुसार व्यवसायीहरुसँगै अन्तर्राष्ट्रिय संचारमाध्यम बिबिसी, सिन्ह्वा, अलजजिरा, सिसिटिभी, एपी, नेशनल जिओग्राफी, एपी, एएफपी, रिउटर, सार्क, एनएचके, युरोपियन च्यानल, बुद्धिष्ट म्याग्जीन लगायतका प्रतिनिधिहरु समेत कार्यक्रममा सहभागिताका लागि आएका छन्।
बौद्धिष्ट पर्यटनलाई केन्द्रमा राखेर नेपालको प्रकृति, संस्कृति, पुरातत्विक र साहसिक पर्यटनको प्रबद्र्धन समेत गर्नेगरी आयोजित बिआईटिएममा विदेशी पर्यटन व्यवसायीको उत्साबद्र्धक सहभागिताले नेपाली पर्यटन व्यवसायीलाई खुसी दिएको नाट्टा लुम्बिनीका पूर्वअध्यक्ष तथा बिआईटिएमका सदस्य सागर अधिकारीले बताए।
विश्वमा रहेका बुद्धिस्ट धर्म अनुयायीलाई लुम्बिनी र नेपाल आउन प्रेरित गर्नेगरी विदेशी ट्राभल्स व्यवसायीको सहभागितामा आयोजित बिआईटिएमले नेपालको आर्थिक चलायमानमा योगदान पुर्याउने विश्वास लिइएको नाट्टा लुम्बिनीका अध्यक्ष चन्द्र बहादुर थापा मगरले बताए।
नाट्टाका अध्यक्ष कुमारमणी थपलियाका अनुसार बिआईटिएमको कारण भारतको आइटिओ संस्थासँग एमओई भईसकेको छ । त्यस्तै लुम्बिनीमा म्यानमार चीनको पर्यटन सम्बद्ध संस्थासँग पनि सम्झौता हुने बताइएको छ।
शुक्रबार काठमाडौं पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डल उद्घाटन गरेको बिआईटीएमको समापन भने आईतबार भैरहवामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने भएका छन्।

