
भैरहवा,११ जेठ।लुम्बिनी प्रदेश सभाको नवौँ बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।
प्रदेश सभा सचिवालयका अनुसार बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८२–०८३ को प्रदेश विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् ।
Advertisement

Advertisement
Advertisement

बैठकलाई आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि नीति तथा प्राथमिकता तय गर्ने महत्त्वपूर्ण अवसरका रुपमा हेरिएको छ ।
विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलले आगामी विकास योजनाहरु र बजेट वितरणको मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ। यस अघि हिजो बसेको प्रदेश सभाले नीति तथा कार्यक्रम पारित गरेको थियो ।

