


काठमाडौं,१२ जेठ। नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरण संग्लनता नभएको निश्कर्ष निकालेको छ । सोमबार बिहान बसेको पार्टीको पदाधिकारीको बैठकले सांसद समेत रहेका लेखक उक्त प्रकरणमा संग्लन नभएको निश्कर्ष निकालेको हो।
कांग्रेसका प्रवक्त डा.प्रकाशहरण महतले भने, ‘जहाँसम्म गृहमन्त्री जीको कुरा छ, उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौं। जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ।’

उनले लेखकलाई जबरजस्ती जोडेर अफवाह फैलाइएको बताए ।डा. शेखर कोइराला लगायतका कांग्रेसका नेताहरुले नै गृहमन्त्रीको राजीनामा माग गरेकोमा बैठकमा आलोचना भएको थियो ।

