
कपिलवस्तु,१२जेठ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ जयनगरमा दिदी-भाइको मृत्यु भएको छ।
घरमा खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी हुँदा २४ वर्षीय शिवकुमार यादव र १८ वर्षीया छोरी सोनम यादवको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी एवं सूचना अधिकारी प्रमोहनमणि अधिकारीले बताए। नातामा दुवै जना दिदीभाई हुन् ।
Advertisement

Advertisement
Advertisement

भान्सामा ग्यास सिलिण्डरमा रेगुलेटर जडान गर्ने क्रममा ग्यास लिक भएको प्रारम्भिक अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान अघि बढाइएको छ।

