
काठमाडौं,१५ जेठ। सरकारले विशेष आर्थिक क्षेत्र (सेज) मा जग्गाको भाडा प्रतिवर्गमिटर ५ रुपैयाँमा झारेको छ।
बिहीवार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेजको मासिक भाडादर प्रतिवर्गमिटर २० रुपैयाँबाट झारेर ५ रुपैयाँ कायम गर्ने घोषणा गरेका छन्।
Advertisement

Advertisement
Advertisement

उनले विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्न अनुमति प्राप्त गर्ने उद्योगलाई सुरुका ३ वर्ष भाडा छुट दिइने पनि बताए।
औद्योगिक क्षेत्रका उद्योगले उत्पादन गरेका वस्तु उत्पादनको ३० प्रतिशतभन्दा बढी निर्यात गरे विशेष आर्थिक क्षेत्रसरह सुविधा दिने उनले उल्लेख गरे ।

