
चितवन,१६जेठ। नारायणी नदीको बीच भागमा फसेका २२ जनाको उद्दार गरिएको छ। चितवनको भरतपुर महानगरपालिका १६ शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो।
नदीजन्य पदार्थ उत्खनन गरी निकाल्नका लागि बनाइएको अस्थायी बाँध भत्किँदा उनीहरु नदीको टापुमा फसेका थिए।
Advertisement

Advertisement
Advertisement

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १७ गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमाण्डमा गोताखोरसहितको उद्धार टोली बोटको सहायता उनीहरुको उद्दार गरेको हो।
यसै क्रममा गिट्टी बालुवा ओसार्न प्रयोग गरिएको एउटा टिपर भने बाँध भत्किएको स्थानमा डुबेको छ ।

