


वीरगन्ज,१८जेठ। बारामा एक आठ वर्षीया नबालिकाको सामूहिक बलात्कार भएको घटना बाहिरिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी एवं प्रवक्ता विजयराज पण्डितका अनुसार बाराको प्रसौनी गाउँपालिकाकी ८ वर्षीया बालिकामाथि गत जेठ १३ गते रातिको समयमा सामूहिक बलात्कार घटनामा संग्लन आरोपमा ७ जनालाई पक्राउ गरिएको छ।

पक्राउ परेकाहरु पनि कम उमेर सूमहका रहेकोले प्रहरीले उनीहरुको परिचय खुलाएको छैन। पीडित बालिकालाई उपचारका लागि नेशनल मेडिकल कलेजमा लगिएपछि त्यसको भोलीपल्ट मात्र अस्पताल प्रशासनबाट घटनाबारे प्रहरीलाई जानकारी प्राप्त भएको उनले बताए।
उनले पक्राउ परेकाहरुको विरुद्ध जिल्ला अदालत बाराबाट ५ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान अघि बढाइएको र पीडित बालिकाको अस्पतालमा उपचार भइरहेको बताए।

