


भैरहवा, १ असोज। भोटेकोशी नदीमा आएका विनाशकारी बाढीका कारण प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि होटल पौवाले ११ लाख रुपैयाँ सहयोग गरेको छ ।
बिहीबार होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ प्रदान गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी अर्यालले रसुवाको भोटेकोशी बाढीपछि उत्पन्न विपद्का समयमा राहत तथा पुनःस्थापनाका लागि होटल पौवाले गरेको सहयोगप्रति आभार व्यक्त गरे।
होटल पौवाका प्रमुख ब्रान्डिङ अधिकृत विष्णु भण्डारीले संस्थाका सञ्चालक, व्यवस्थापक तथा कर्मचारीहरुले संकिलत गरेको रकम विपद्मा परेका नागरिकलाई सहयोग गरिएको बताए।
उनले देश महाविपत्तिको अवस्थाबाट गुज्रिरहेका बेला सहयोगको रकम सानो भए पनि प्रभावित नागरिकलाई केही राहत पुग्ने विश्वास व्यक्त गरे। होटल पौवाले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न गतिविधिमा सहयोग गर्दै आएको छ।

