
काठमाडौं,१९जेठ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्टलाई थुनामा पठाउन उच्च अदालत पाटनमा निवेदन दिएका छन्।
गत वैशाख १७ गते अधिकृत विष्टले चौधरीलारई पक्राउ गरी कैदमा राख्न प्रहरी र डिल्लीबजार कारागारमा राख्न प्रहरीलाई अनिधिकृत रुपमा पत्र लेखेका थिए। उक्त पत्रपछि प्रहरीले चौधरीलाई पक्राउ गरेर कारागार पठाएपछि उनी करिब ६ घण्टा थुनामा बस्नु परेको थियो।
Advertisement

Advertisement
Advertisement

उनको पत्रलाई सर्वोच्च अदालत प्रशासनले ‘अनधिकृत’ भनी पत्र सच्चाएर कारागार पठाएपछि चौधरी रिहा भएका थिए ।र, विष्ट पक्राउ परेका थिए ।
उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले लिखत किर्तेमा मुद्दा चलाएकोमा जिल्ला अदालत काठमाडौँले गत जेठ ५ गते एक लाख धरौटीमा छाड्ने आदेश गरेको थियो। उक्त आदेशपछि विष्ट सर्वोच्च पुगेकोमा प्रशासनले उनलाई निलम्बन गरेको थियो।
जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेपछि चौधरीले धरौटीमा छाड्न नहुने मागसहित उच्च अदालत पाटनमा निवेदन दिएका हुन्।
चौधरीले विभिन्न सातवटा आधार देखाई विष्टलाई थुनामै पठाउनुपर्ने माग गरेका छन्। शाखा अधिकृत विष्टले सर्वोच्च अदालतको लेटरप्याड, छाप र पदको दुरुपयोग गरेकाले उनलाई धरौटीमा छाड्न नहुने चौधरीको जिकिर छ ।
एकजना जिम्मेवार सरकारी कर्मचारीले जानाजान सरकारीले लेटरप्याडको दुरुपयोग गरी आफूलाई थुनामा पठाएको र त्यसले अदालतको जनआस्थामा समेत आँच पुगेको भन्दै उनले विष्टलाई थुनामै राख्नुपर्ने माग गरेका छन्। शाखा अधिकृत विष्टले प्रहरीसँग र अदालतमा गरेको बयानमा समेत आफूले गरेको काम स्वीकारेर ‘साविति भएको हुनाले’ धरौटीको सुविधा दिन नहुने निवेदनमा उल्लेख छ ।

