
भैरहवा,१९जेठ । संघीय सरकारबाट रुपन्देहीका १६ स्थानीय तहमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ९ अर्ब ८० करोड १७ लाख रुपैयाँ अनुदान विनियोजन गरिएको छ।
तहहरुले समानिकरण, सशर्त, विशेष र समपुरक गरी चार प्रकारका अनुदान मार्फत संघिय सरकारबाट बजेट पाउने भएको अर्थ मन्त्रालयले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

जिल्लामा एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका छन्। मन्त्रालयका अनुसार जिल्लामा सबैभन्दा बढी तिलोत्तमा नगरपालिकाले १ अर्ब ५१ करोड १६ लाख रुपैयाँ अनुदान पाउने भएको छ ।
त्यस्तै बढी बजेट पाउने दोस्रो नम्बरमा लुम्बिनी सांस्कृतिक नगरपालिकाले १ अर्ब ८ करोड १० लाख रुपैयाँ र तेस्रो नम्बर सिद्धार्थनगर नगरपालिकाका लागि ९५ करोड ५७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
सैनामैना नगरपालिकाले ८९ करोड ६१ लाख रुपैयाँ र एक मात्र उपमहानगर रहेको जिल्लाको बुटवल उपमहानगरपालिका लागि ८४ करोड ८३ लाख छुट्टाइएको छ । यो अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निर्वाचन क्षेत्र भएतापनि अन्य नगरपालिका भन्दा कम बजेट विनियोजन गरिएको छ। नगरपालिकाहरुमा सबै भन्दा कम देवदह नगरपालिकाले ८८ करोड ३७ लाख मात्र पाउने छ।
अर्थमन्त्री पौडेलको गृहजिल्लाको पाँच नगरपालिकामा पाँच अर्ब ३२ करोड ८१ लाख र दश गाउँपालिकहरुका लागि ३ अर्ब ६२ करोड ५३ लाख मात्र छुट्टाइएको छ ।
गाउँपालिकाहरु मध्ये सबैभन्दा बढी सियारी गाउँपालिकाले ४४ करोड ६९ लाख, रोहिणी गाउँपालिकाले ४० करोड ९६ लाख, शुद्धोधनले ३८ करोड ९८ लाख, गैडहवाले ३८ करोड ३२ लाख, मायादेवीले ३८ करोड एक लाख पाउने भएका छन् ।
त्यस्तै सम्मरीमाईले ३६ करोड ९२ लाख, कंचन ३६ करोड ४१ लाख, कोटहीमाई ३० करोड ८२ लाख, मर्चवारी २९ करोड ३१ लाख र सबैभन्दा थोरै ओमसतिया गाउँपालिकाले २८ करोड ११ लाख अनुदान पाउने भएका छन्।
कुन पालिकालाई कति अनुदान ? हेर्नुहोस् सूचीः


