


काठमाडौं,२२जेठ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, ओखलढुंगामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ ५ लाख ७० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका र एक लाख पहिल्यै लिएका यादवविरुद्ध अख्तियारले ६ लाख ७० हजार बिगो कायम गरी विशेष अदालतमा आरोप पत्र पेश गरिएको हो।

