Close Menu
    What's Hot

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    २०८३ कार्तिक १३, बिहीबार १३:२७ गते

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    २०८३ कार्तिक १३, बिहीबार १३:३८ गते

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:३८ गते0
    प्रमुख समाचार

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:२७ गते0
    विशेष

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:१३ गते0
    विशेष

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १२:५१ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » तत्कालीन शिक्षा प्रमुखसहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा
    समाचार

    तत्कालीन शिक्षा प्रमुखसहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ जेष्ठ २३, शुक्रबार १६:०७ गते
    advertisement
    advertisement
    advertisement

    काठमाडौं,२३जेठ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-७ स्थित श्री कृष्णा उच्च माध्यमिक विद्यालयको भवन निर्माणका क्रममा अनियमितता गरेको आरोपमा उनीहरुविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर भएको हो।

    विद्यालय भवन निर्माणका लागि विनियोजन रकममा अनियमितता गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा फिल्डमा हुँदै नभएको कार्य भएको भनी रकम निकासा गरी २५ लाख ५० हजार रकम दुरुपयोग गरेको अख्तियारको ठहर छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार जिशिअ नेपालसहित जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन इन्जिनियर बृधन यादव र सब इन्जिनियर शिवराज राई, तत्कालीन लेखा अधिकृत भुवन प्रसाद आचार्य र लेखापाल सुरेश कुमार श्रेष्ठ मुद्दा दायर गरेको हो।

    यस्तै आयोगले श्री कृष्ण उच्च माध्यमिक विद्यालय टेम्माका तत्कालीन प्रधानाध्यापक खेमराज मगर, सोही विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम राई र हरिनारायण राई र विद्यालयको भवन निर्माण गर्ने व्यक्ति जय प्रसाद राईलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो। उनीहरुविरुद्ध २५ लाख ५० हजार बिगो र सजायको मागदावी गरिएको छ।

    भवन निर्माणको कार्यमा इष्टिमेट अनुसार गुणस्तरको सामग्री प्रयोग नभएको, ढकालनको बिमा चर्केको र फिनिसिङ नभएको एवं भवन पठनपाठन गर्न अयोग्य रहेको देखिएता पनि उक्त विद्यालयको निर्माण कार्यको जिम्मेवारी बहन नै नगरी विद्यालयको खातामा रहेको र कम निकासा गर्न नापी किताब तथा मूल्यांन प्रतिवेदन समेत हस्ताक्षर गरी २५ लाख ५० हजार रकम निकासा गरेको अख्तियारको दावी छ।

    त्यस्तै उनीहरुले फिल्डमा हुँदै नभएको कार्य नापी किताबमा समावेश गरी ४१ लाख २० हजार ४२८ रकमको मूल्यांकन प्रतिवेदनलाई सदर गरेको र गुणस्तरहिन कार्य भएको भनी प्राविधिक प्रतिवेदनमा उल्लेख भएको हुँदाहुँदै सो कार्य सुधार नगरी बजेटको अति आवश्यक रहेको देखाइ झुट्टा बिल भरपाईका आधारमा रकम निकासाको लागि सदर गरी २५ लाख ५० हजार बराबरको रकम आफूलाई लाभ र सरकारलाई गैरकानुनी हानि पुर्‍याउने बदनियतले कार्य गरेको अख्तियारले दायर गरेको आरोप पत्रमा उल्लेख छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    अख्तियार खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका भवन निर्माणमा भ्रष्टाचार भ्रष्टाचार मुद्दा विशेष अदालत श्री कृष्ण उच्च माध्यमिक विद्यालय
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    २०८३ कार्तिक १३, बिहीबार १२:५१ गते

    नागढुंगा–नौबिसे सुरुङमार्ग प्रयोग गर्दा शुल्क तिर्नुपर्ने, कुन सवारीलाई कति ?

    २०८३ कार्तिक १३, बिहीबार १२:०३ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.