
काठमाडौं,२६जेठ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अध्यागमन कार्यालयमा दरबन्दी भन्दा बढी कर्मचारी खटाएको विषयमा गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीलाई स्पष्टीकरण माग गरेको छ।
प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले पठाएको पत्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय र केही जिल्ला प्रशासन कार्यालयमा स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी खटाइएकोबारे विषयमा सात दिन भित्र स्पष्टीकरण माग गरिएको हो। साथै, दरबन्दी नभएका ठाउँमा काजमा खटाइएका कर्मचारीको नाम, जिम्मेवारी र खटाइएको मिति लगायतको विवरण उपलब्ध गराउन पनि निर्देशन दिइएको छ।
Advertisement

Advertisement
Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा गृह सचिवका निकट सहसचिव तीर्थ भट्टराईविरुद्ध छानबिन अघि बढाएपछि अध्यागमन कार्यालयमा दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत रहेको तथ्य बाहिर आएको थियो। त्यसपछि केही कर्मचारीलाई मन्त्रालाय तानिएको थियो।
निजामती सेवा ऐन, २०४९ को दफा १८(क) अनुसार स्वीकृत प्रक्रिया बिना काजमा खटाइएमा सम्बन्धित पदाधिकारीबाट तलब, भत्ता र सुविधा असुल गर्नेसहित विभागीय कारबाही गर्ने व्यवस्था छ। यही आधारमा अख्तियारको निर्देशनपछिको कारबाही स्वरुप प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयलाई स्पष्टिकरण मागेको हो।

