Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट नचाहिने
    अर्थ

    घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट नचाहिने

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ जेष्ठ २६, सोमबार १६:०८ गते
    फाइल फोटो ।
    advertisement
    advertisement
    advertisement

    काठमाडौं,२६जेठ। घरजग्गा कारोबारमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट नचाहिने भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले ल्याएको निर्देशन एक सातामै संशोधन गरिएको छ ।

    विभागले गत जेठ २० गतेमा घरजग्गा कारोबार गर्दा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटेमन्ट पनि अनिवार्य चाहिने गरी विभागले निर्देशन ल्याएको थियो।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    नेपाललाई फाइनान्सियल टास्क फोर्स (एफएटिएफ) को ग्रे लिस्टबाट बाहिर निकाल्न भन्दै विभागले एक सातमै उक्त निर्देशन संशोधन गरेको हो। प्रधानमन्त्री केपी ओलीले समेत चासो देखाएपछि यसलाई संशोधन गरिएको बताइएको छ।

    संशोधित व्यवस्थाअनुसार अब घरजग्गा कारोबारमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट नचाहिने विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यसअघि घरजग्गा खरिद बिक्री कारोबार गर्दा सूचक संस्थाले खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा कारोबार बराबर रकम जम्मा भएको प्रमाण लिखतसाथ संलग्न गर्नुपर्ने व्यवस्था थियो।

    बैनाबट्टाको कारोबारको बैंक स्टेटमेन्ट पनि अनिवार्य रुपमा पेश गर्नुपर्ने व्यवस्था गरिएकोमा त्यो पनि हटाइएको छ। यसअघि १० लाखभन्दा माथिको ५० लाख रुपैयाँसम्मको कारोबार अनिवार्य रुपमा बैंकिङ प्रणाली वा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था गरिएको थियो।

    ५० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दा विद्युतीय भुक्तानी प्रणालीमार्फत सोझै वा चेकमार्फत गर्दा विक्रीकर्ताको नाममा तयार गरिएको गुड फर पेमेन्ट चेकमार्फत गर्नुपर्ने व्यवस्था गरिएकोमा अहिले यो व्यवस्थालाई संशोधन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

    विज्ञप्तिमा उल्लखे गरिए अनुसार १० लाख रुपैयाँभन्दा माथिको कारोबारको जुनसुकै प्रकारको भुक्तानी बैंकिङ उपकरणमार्फत गरी सोको प्रमाण र ५० लाख रुपैयाँभन्दा माथिका घरजग्गा खरिद गर्दा क्रेताले बैंकबाट भुक्तानीका लागि गुड फर पेमेन्ट चेक वा बैंक ग्यारेन्टी वा ईपेमेन्ट वा नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम तोकिएका भुक्तानीका अन्य उपकरणमार्फत भुक्तानी भएको प्रमाण वा बिक्रेताको खातामा नगद जम्मा गरेको बैंक भौचरको फोटोकपी खरिदकर्ता वा बिक्रीकर्ता दुवैले प्रमाणित गरी पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    एफएटिएफ घरजग्गा घरजग्गा कारोबार भूमि व्यवस्थापन तथा अभिलेख विभाग मालपोत
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.