
काठमाडौं,३असार। बुधबार देशभर साधारणतया बदलीदेखि पूर्णयता बदली रहनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
देशका उच्च-पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरु हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

