
भैरहवा, ६ असार। रुपन्देहीको भैरहवामा शनिबार (भोली) देखि टी–१० क्रिकेट प्रतियोगिता हुने भएको छ। प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लबको आयोजनामा प्रतियोगिता हुने भएको हो।
आयोजकले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी तीन दिनसम्म संचालन हुने प्रतियोगिताबारे जानकारी गराएका छन्। क्लबका अध्यक्ष हरि बहादुर थापाले सिद्धार्थ क्रिकेट रंगशालामा हुने प्रतियोगितामा रुपन्देहीका क्लब र एकेडेमीहरु गरी १४ वटा टीम सहभागी हुने बताए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई नगद ८० हजार र उपविजेतालाई ४० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
त्यस्तै सेमीफाइनल खेल खेल्ने दुईवटा टीमलाई नगद दश-दश हजार रुपैयाँ, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय र प्रमाणपत्र तथा म्यान अफ द सिरिजलाई १२ हजार, बेस्ट ब्याटरर र बेष्ट बलरलाई आठ-आठ हजार, उत्कृष्ट क्याच समात्ने र धेरै छक्का हान्ने खेलाडीलाई २ हजार ५ सय पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। होटल एसियन बुद्धले मुख्य प्रायोजनमा हुने प्रतियोगितामा दर्शकले छक्का क्याच समातेमा ५ सय पुरस्कार प्रदान गरिनेछ।
कार्यक्रममा एसियन बुद्ध होटलका जनरल म्यानेजर ओम प्रकाश पाण्डेले चौथो वार्षिकोत्सवको अवसरमा होटलले काठमाडौंमा नयाँ कर्पोरेट कार्यालय संचालनमा ल्याइएको जानकारी दिदै सामाजिक उत्तरदायित्व अन्र्तगत प्रतियोगिताको प्रयोजन गरिएको बताए।

