Close Menu
    What's Hot

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    २०८३ कार्तिक १३, बिहीबार १३:२७ गते

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    २०८३ कार्तिक १३, बिहीबार १३:३८ गते

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:३८ गते0
    प्रमुख समाचार

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:२७ गते0
    विशेष

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:१३ गते0
    विशेष

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १२:५१ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » तिलोत्तमाको बजेट २९२९३०००००
    अर्थ

    तिलोत्तमाको बजेट २९२९३०००००

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ असार ९, सोमबार १८:२८ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ९ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ९२ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

    सोमबार बसेको दोस्रो नगरसभाको सातौं अधिवेशन (तेस्रो बैठक) मा उपप्रमुख जगेश्वरदेवी चौधरीले बजेट प्रस्ताव प्रस्तुत गर्दै चालु खर्चतर्फ ४४ दशमलव १७ प्रतिशत र पूँजीगतर्फ ५५ दशमलव ८३ प्रतिशत रहने अनुमान गरिएको बताइन्।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    गत वर्षको तुलनामा बजेटमा करिब १७ करोड रुपैयाँको वृद्धि भएको छ। अघिल्लो वर्ष तिलोत्तमाले २ अर्ब ७६ करोडको बजेट प्रस्तुत गरेको थियो।

    उपप्रमुख चौधरीले आव २०८२/०८३ का लागि तिलोत्तमाले आन्तरिक राजस्वतर्फ ३३ करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरण तथा बचतबाट २ अर्ब ५९ करोड ९३ लाख ७१ हजार रुपैयाँ प्राप्त हुने लक्ष्य लिएको बताइन्। उनले ‘समृद्ध नगरःसुखी नगरबासी’ भन्ने लक्ष्य हासिल गर्नको लागि बलियो आधार तय गर्नु बजेटको मूल उद्देश्य रहने बताइन्।

    उनका अनुसार शिक्षा क्षेत्रमा लगानी गरी समग्र नगरको शिक्षाको सर्वागीण विकास र गुणस्तरमा वृद्धि, सरल, सहज र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सबै नगरबासीमा सुनिश्चित गर्ने, उद्यमशीलताको विकास र नवप्रर्वतनमा आधारित योजनमार्फत रोजगारी सिर्जना गर्ने, वातावरण, विपद् व्यवस्थापन क्षेत्रमा लगानी वृद्धि गरी समुन्नत र सुरक्षित नगर निर्माण गर्ने बजेटको उद्देश्य रहेको छ।

    तिलोत्तमा नगरपालिकाले शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको परिणात्मक अभिवृद्धि गर्ने, प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधार लगानी, उद्यमशीलता, रोजगारी, कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने उपप्रमुख चौधरीले बताइन्।

    त्यस्तै वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनका जोखिम पहिचान तथा न्यूनीकरण, सामाजिक क्षेत्रमा गुणात्मक सुधार, समन्यायिक विकास र विकासका प्रतिफलमा न्यायपूर्ण पहुँच कायम गर्ने, समतामूलक समाज र समावेशी विकासलाई अगाडि बढाउने र गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवद्र्धन गर्ने जस्ता कार्यक्रमले बजेटमा प्राथमिकता दिइएको छ।

    तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणको अध्यक्षतामा भएको बैठकमा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, कार्यपालिका सदस्यहरु, वडाअध्यक्षहरु, सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    तिलोत्तमा नगरपालिका तिलोत्तमा नगरपालिका बजेट
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    २०८३ कार्तिक १३, बिहीबार १२:५१ गते

    नागढुंगा–नौबिसे सुरुङमार्ग प्रयोग गर्दा शुल्क तिर्नुपर्ने, कुन सवारीलाई कति ?

    २०८३ कार्तिक १३, बिहीबार १२:०३ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.