
भैरहवा, १४ असार । भैरहवाको शिक्षा क्षेत्रमा अब्बल मानिने पश्चिमाञ्चल इङ्लिस स्कूलले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत नतिजा ल्याएको छ ।
दुई जना विद्यार्थीहरुको चार जीपीएसहित विद्यालयले शतप्रतिशत नतिजा ल्याएको हो। उक्त विद्यालयबाट ६१ जना विद्यार्थीहरुको परिक्षामा सहभागी भएका थिए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

शुक्रबार प्रकाशित एसईईको नतिजा अनुसार विद्यालयका अलि अनवर अलि मुसलमान र सुमनिमा पोखरेलले ४ जीपीए प्राप्त गरेको विद्यालयका प्राचार्य राजु ढकालले बताए । त्यस्तै आयुसा पाठकले ३.९६ र निरजरा पोखरेलले ३.९ जीपीए ल्याएका छन् ।
उनका अनुसार ३.६ देखि ३.९६ जीपीएसम्म अंक ल्याउने १२ जना, ३.२ देखि ३.५९ जीपीए प्राप्त गर्ने ३४ जना, ३ देखि ३.१९ जीपीए प्राप्त गर्ने ९ जना र २.८८ देखि २.९९ जीपीए ४ जना विद्यार्थीको नतिजा आएको छ ।
यस्तो छ अन्य विद्यार्थीहरुको नतिजा

र, यो पनि
भैरहवाको कुन विद्यालयका तीन विद्यार्थीले ल्याए ४ जीपीए ?

