
भैरहवा, १४ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा सिद्धार्थनगर नगरपालिका (भैरहवा) का दुई विद्यालयका तीन जना विद्यार्थीहरुले चार जीपीए प्राप्त गरेका छन् ।
शुक्रवार प्रकाशित परिक्षाको नतिजा अनुसार पश्चिमाञ्चल इङ्लिस स्कूलमा अध्यनरत दुई जना र न्यू ईरा बोर्डिङ सेकेण्डरी स्कूलमा अध्यनरत एक जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

विद्यालयका अनुसार पश्चिमाञ्चलका अलि अनवर अलि मुसलमान, सुमनिमा पोखरेलले र न्यू ईराका आस्था सुनारले ४ जीपीए ल्याएका छन्। यस बाहेक हाल प्रकाशित नतिजा अनुसार सिद्धार्थनगर नगरपालिकाका अन्य कुनै विद्यालयले ४ जीपीए ल्याउन सकेनन् ।
रुपन्देही जिल्लामा ३२ वटा विद्यालयका ८८ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन्।
र, यो पनि
एसईईमा पश्चिमाञ्चल: यी विद्यार्थीहरुले ल्याए ३.९ देखि ४ जीपीएसम्म

