
काठमाडौं,१५असार । भारतको अनुसन्धान तथा विश्लेषण विङ (रअ) को प्रमुख पराग जैन नियुक्त भएका छन्।
भारत सरकारको मन्त्रिपरिषद् नियुक्ति समितिले एभिएसन रिसर्च सेन्टर (एआरसी) का प्रमुख जैनलाई रअ प्रमुखमा नियुक्त गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।उनले अगामी जुलाई १ बाट कार्यभार सम्हाल्ने छन्।
Advertisement

Advertisement
Advertisement

पञ्जाब क्याडरका १९८९ ब्याचका भारतीय प्रहरी सेवा (आईपीएस) का जैनले पदभार ग्रहण गरेपछि दुई वर्षसम्म यो जिम्मेवारी सम्हाल्नेछन् वा अर्को आदेश नआएसम्म कार्यकाल जारी रहनेछ।
उनले भारतको आन्तरिक र बाह्य गुप्तचर संस्था, आईबी र रअ दुवैमा लामो समय बिताएका छन्।

