


काठमाडौं,१६असार। गायिका एलिना चौहानले सामाजिक सञ्जालमा आफूविरुद्ध आपत्तिजनक टिप्पणी गर्ने चार जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी दर्ता गराएकी छिन्। उनले फेसबुक लगायतका विभिन्न प्लेटफर्ममा गरिएका अमर्यादित टिप्पणीमाथि कानुनी कारबाहीको माग गरेकी हुन्।
एलिना चौहानले सामाजिक सञ्जालमा अभद्र व्यवहार गर्ने व्यक्तिहरुको प्रोफाइल सार्वजनिक गर्दै अभियान समेत चलाइरहेकी छिन्।

यसअघि माफी मागेका केहीलाई उनले माफी दिएको भए पनि व्यवहारमा सुधार नआएकाले कानुनको सहारा लिएको बताएकी छिन्।उनको यस अभियानलाई अन्य कलाकारका साथै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत समर्थन गरेका छन्।

